Rule 43
मूल नियमावलीको नियम ६४ मा संशोधन
मूल नियमावलीको नियम ६४ को उपनियम
(१) पछि देहायको उपनियम (१क) र (१ख) थपिएका छन् ः–
“(१क) उपनियम (१) बमोजिम माग भएको बिदा मध्ये देहाय बमोजिमको बिदा
देहाय बमोजिमको अवधिमा स्वीकृत वा अस्वीकृत गर्नु पर्नेछ ः–
(क) घर बिदा र विरामी बिदाको हकमा सात दिन भित्र,
(ख) असाधारण बिदा र अध्ययन बिदाको हकमा साठी दिन भित्र ।
(१ख) उपनियम (१) बमोजिमको अवधि भित्र बिदा स्वीकृत वा अस्वीकृतको निर्णय
भएको जानकारी नदिएमा सो बिदा स्वीकृत भएको मानिनेछ ।”